लोड हुँदैछ...

मेनु

मोरङ र सुनसरीका सानाठुला खोलामा आकस्मिक बाढीको जोखिम

मोरङ र सुनसरीका सानाठुला खोलामा आकस्मिक बाढीको जोखिम

विराटनगर । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार ती क्षेत्रका स(साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिन्छ।

महाशाखाको आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको जलसतह भने हाल सामान्य अवस्थामा रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले प्रस्ट पारेको छ।

यसैगरी महाशाखाले आगामी तीन दिनको जलसतह तथा बाढीको पूर्वानुमान समेत सार्वजनिक गरेको छ। जसअनुसार भोलि असार ७ गते कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स–साना नदी तथा खोलाहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।

यस्तै पर्सी पनि कोशी, बागमती र गण्डकी प्रदेशकै स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान रहेकाले ती क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।