लोड हुँदैछ...

मेनु

नाबालिका बलात्कार प्रकरण एमाले नेता शिवशंकर साह भारतबाट पक्राउ

नाबालिका बलात्कार प्रकरण एमाले नेता शिवशंकर साह भारतबाट पक्राउ

विराटनगर । नाबालिका बलात्कार प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवम् व्यवसायी शिवशंकर साह (हिरा) पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारतको सीतामढीबाट पक्राउ गरेको हो ।
जनकपुरधामस्थित साहद्वारा सञ्चालित होटलमा केही दिनअघि एक नाबालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएपछि उनी फरार थिए । अनुसन्धानका क्रममा प्रहरीले मंगलबार साँझ उनलाई भारतबाट पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाएको छ ।

साहको स्वामित्वमा रहेको होटल तथा ‘फलसोम क्याफे’ मा नाबालिकामाथि जघन्य अपराध भएको आरोप लागेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो । अनुसन्धान सुरु भएसँगै हिराका दाजु मनोज साहलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । दाजु पक्राउ परेको सुइँको पाएलगत्तै हिरा भारतको बिहारतर्फ भागेका थिए ।
प्रहरीले यस प्रकरणमा हिरा र उनका दाजुबाहेक फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र पीडित बालिकाका मामालाई समेत पक्राउ गरिसकेको छ । घटनामा संलग्न र मतियारहरूको सञ्जालको खोजी गर्ने क्रममा मुख्य सञ्चालक समेत रहेका हिरालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका शिवशंकर साह ‘हिरा’ जनकपुरका प्रभावशाली व्यवसायी तथा एमाले नेता हुन् । उनी प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्ष समेत हुन् । राजनीतिक रूपमा पनि सक्रिय साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदका उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।