विराटनगर । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनचाँदीको भाउमा केही गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।