विराटनगर । पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको छ । यो जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।
पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णाली याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । उता ६ खेल खेल्दा पाँचौ हार व्यहोरेको कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । कर्णाली अब आइतबार हुने लिगकै अन्तिम खेलमा जकपुर बोल्ट्ससँग खेल्नेछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो । एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंङ्सले पोखरा एभेन्जर्स विरुद्ध २२० रन बनाएको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!