लोड हुँदैछ...

मेनु

३०० रुपैयाँले घटयो सुनको मुल्य

३०० रुपैयाँले घटयो सुनको मुल्य

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ५४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।