लोड हुँदैछ...

मेनु

विराटनगरबाट स्रोत नखुलेको साढे २ लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

विराटनगरबाट स्रोत नखुलेको साढे २ लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादव रहेका छन् । आज (शनिबार) दिउँसो साढे १२ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री यादवलाई शंका लागेर प्रहरी टोलीले चेकजाँच गरेको थियो । सो क्रममा उनले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको ५०० दरका ५०० थान भारतीय नोट फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेपछि यादवलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।