विराटनगर । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा,वस्तुहरूको खरिद बिक्री वा अन्य कारोबार गर्दा १ लाखसम्म नगद कारोबारलाई रोक लगाएको छ।
यस्तै सरकारले वस्तुको खरिद बिक्री गर्दा हुने १० लाखसम्मको नगद कारोबारको सीमालाई ५ लाखमा सिमीत गरेको छ । अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो ।
औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, विज्ञान तथा प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!