लोड हुँदैछ...

मेनु

एनपिएलः काठमाडौंद्वारा कर्णाली ५ विकेटले पराजित

एनपिएलः काठमाडौंद्वारा कर्णाली ५ विकेटले पराजित

विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै पूरा गरेको हो ।

काठमान्डुका लागि जेरार्ड एरसामसले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ४३ रन बनाए । यस्तै सिम्पसनले २१ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन योगदान गरे । एरसामस र सिम्पसनले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सर्राफले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

बलिङमा काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक–एक विकेट लिए ।

यो जितसँगै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो ।

विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ । उता पाँच खेलमा चौथो हार व्यहोरेको कर्णालीको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।