लोड हुँदैछ...

मेनु

एनपीएल : जनकपुरले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दियो

एनपीएल : जनकपुरले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दियो

विराटनगर । सञ्जय कृष्णमूर्तिको उत्कृष्ट अर्धशतकको बलमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको थियो ।

जनकपुरले निकै कमजोर सुरुवात गरेको थियो । इनिङको चौथो बलमै ओपनर आसिफ शेख स्कट कुगेइलिनबाट बोल्ड भएपछि टोली सुरुमै दबाबमा पर्‍यो। त्यस्तै मयन यादव पनि ६ रनमै कुगेइलिनकै बलमा आउट हुँदा जनकपुर ३५ रनमै तीन विकेट गुमाएर संघर्षमा परेको थियो ।

ओपनर माज सदाक पनि १२ रन बनाएर कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट भएपछि पावरप्लेमै जनकपुरले तीन विकेट गुमायो । कठिन अवस्थामा सञ्जय कृष्णमूर्तिले जिम्मेवारीपूर्ण इनिङ खेलेका हुन् । उनले ३८ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाए । पाँचौ विकेटका लागि उनले आदित्य महेतासँग ५५ रनको साझेदारी गर्दै टोलीलाई पुनः उभ्याएका हुन् । कृष्णमूर्ति १८औं ओभरमा अविनास बोहराबाट बोल्ड भए। महेताले १३ बलमा १५ रन जोडेर आउट भए।

जनकपुरका यान निकोल लोफ्टी इटनले ३३ बलमा ३९ रन बनाए। अन्तिमतिर कप्तान वाइन पार्नेलले १२ बलमा १४ रन जोडे । यसपछि जनकपुरले २० ओभरमा १४५ रनको योगफल उभ्याउन सफल भयो ।

सुदूरपश्चिमका अविनास बोहराले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए भने स्कट कुगेइलिनले ४ ओभरमा २२ रन दिँदै ३ विकेट निकाले । कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

जारी लिगमा सुदूरपश्चिमले लगातार चार खेल जित्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । जनकपुर लगातार तीन खेलमा पराजित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।