विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको लिग चरणका दुई खेल आज शनिबार हुँदैछन् ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हुँदैछ ।
लुम्बिनी र पोखराबीचको पहिलो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । अंकतालिकामा लुम्बिनी र पोखरा दुवैका लागि आजको खेल महत्वपूर्ण हुनेछ । प्लेअफ होडमा कायम रहन दुवै टोली जितको लक्ष्यमा हुनेछन् ।
लुम्बिनीले पहिलो खेल जितेपछि लगातार तीन खेल हारेको छ । उसको दुबै टिमको समान २ अंक छ । तर, लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।
यसैगरी दिउँसो साढे ३ बजे हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोएल्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोली यस सिजन ठिक विपरित स्थितीमा छन् । सुदूरपश्चिम लगातार चार खेल जितेर एक्लो अपराजित टोलीको रुपमा छ भने जनकपुरले यस सिजन खेलेको सबै तीन हार हारेर जितविहिन छ ।
सुदूरपश्चिम यस सिजन बलियो देखिएको छ र प्लेअफ नजिक पुगेको छ । सुदूरवश्चिम ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । जनकपुरका लागि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।