विर्तामोड । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो।
गत आवको सोही अवधिको तुलनामा चियाको निर्यातमा कमी आएको छ । गत आवको उक्त अवधिमा २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो ३७ प्रतिशतले कम हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।