विराटनगर । विराटनगर १० रोडशेष चोकमा रहेको स्वयम्भु बचत तथा ऋण सहकारी संस्था लि.को रकम अपचलन गरेको प्रकरणमा पक्राउ परेका सहकारी अध्यक्ष र उपाध्यक्षलाई धरौटिमा छोड्न मोरङ अदाललते आदेश गरेको छ ।
मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजालशले सहकारीका अध्यक्ष विराटनगर ३ का ४५ वर्षीय प्रदिप महतोलाई ३ लाख र सहकारीका उपाध्यक्ष विराटनगर १७ का ४० वर्षीय राजु थापालाई १५ लाख बिहीबार रुपैयाँ धौरिटमा छोडेन आदेश दिएको हो ।
अदालत आदेशपछि तोकिएको धरौटि रकम बुझाउन नसकेपछि उनीहरु आज थुनामै रहेको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । ‘अदालतले धरौटि रकम खुलेको थियो,’ उनले भने, ‘बिहीबार साझम्म तोकिएका रकम बुझाएको छैन । सो रकम नबुझाए थुनामै रहन्छन् । बुझाएपछि छुटने हो । ’
सहकारीको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा अध्यक्ष महतो र उपाध्यक्ष थापा पक्राउ परेका थिए । प्रहरीले उनीहरु विरुद्ध पक्राउ गरेर अनुसन्धान सुरु गरेर जिल्ला सरकारी वकिलको कार्यालमार्फत मोरङ अदालतमा बुधबार मुद्दा दर्ता भएको थियो । अध्यक्ष र उपाध्यक्ष थापासहित १० जना विरुद्ध मुद्दा दायर भएको थियो । सहकारीका अन्य पदाधिकारी र संचालक समिति सदस्यहरुलाई भने फरार प्रतिवादी बनाएर अभियोग गर्दा भएको छ ।
सहकारीका पदाधिकारी तथा सदस्य, सदस्य समेत भई उक्त संस्थाको बचतकर्ताहरुलाई सहकारीमा बचत गरको रकम प्रतिवादीको ब्यक्तिगत खातामा राखेको, रकम आफूखुसी बचतकर्ताले बचत गरेको रकम हिनामिना गरेको र पटक–पटक उक्त रकम फिर्ता गर्न भनी ताकेता गर्दा बचत रकम फिर्ता नगरेको हुँदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने ब्यहोरामा रेखा श्रेष्ठ समेतका जम्मा २२ जनाले दिएको संयुक्त जाहेरीमा उनीहरु पक्राउ परेका हुन् ।
लेखा परिक्षण गरेको मितिसम्मको हर हिसाब अनुसार संस्थाका पदाधिकारी (ऋणी बाहेक) हरुबाट तत्काल जम्मा ९९ लाख ७५ हजार ६०।४७ पैसा दाखिला हुनुपर्ने जाहेरी निवेदनमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।