विराटनगर । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी गरि ध्वस्त पारिएको आन्तरिक राजश्व कार्यालय विराटनगर कार्यालयको कर्मचारी निवासबाट सञ्चालनमा आउने भएको छ ।
आगजनीबाट कार्यालयको मुख्य भवन प्रयोग गर्न नमिल्नेगरि क्षति भएपछि सँगै जोडिएको कर्मचारीको निवास गृहलाई कार्यालय बनाउनेगरि काम अगाढि बढेको हो ।
कार्यालय भवनको तल्लो भागमा बढी क्षति भएकोले त्यसलाई मर्मत सम्भार गर्दा पनि बस्ने योग्य नरहेको प्राबिधिक रिपोर्टपछि कार्यालयले बैकल्पिक उपाय खोजी गरेको हो । आगजनीको क्रममाा कर्मचारीको निवासमा सामान्य मात्र क्षति पुगेको थियो । सोही भवनलाई कार्यालय बनाउनेगरि अहिले मर्मत सम्भारको काम भइरहेको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत एवं सूचना अधिकारी नवराज भट्टराईले निवासलाई कार्यालय बनाउनेगरी मर्मतको काम भइरहेको जानकारी दिए । केही दिनभित्र निर्माणको काम पुरा भएपछि सोही भवनबाट कार्यालय सञ्चालनल हुनेछ ।
कार्यालयको कर्मचारी निवास तीन तले रहेको छ । सो भवन प्रयोग गरेपछि कार्यालय सञ्चालनका लागि ठाउँको अभाव नहुने सूचना अधिकारी भट्टराईले बताए ।
जेनजीको आन्दोलनपछि कार्यालय जलेको कारण खुल्ला मैदानबाट कार्यालयको काम सञ्चालन भइहरेको छ भने कर्मचारीहरु भाडाको घरमा बसिरहेका छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!