चौथो दिन पनि नेप्सेमा बृद्धि, कारोबार पनि बढ्यो

चौथो दिन पनि नेप्सेमा बृद्धि, कारोबार पनि बढ्यो

विराटनगर । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ९.६१ अंक बढेको छ ।

गएको चार दिनमा लगातार नेप्से सुचकमा बृद्धि भएको छ । यो अबधिमा नेप्से कुल १०५ अंक बढेको छ । गत बिहीबार २५६० अंकमा रहेको नेप्से बुधबार २६६५ अंकमा पुगेको छ ।

बुधबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६९ करोडको भयो ।

यस दिन १४२ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो । बृद्धि प्रतिशत भने १ भन्दा कम रहेको छ । बैंकिङ ०.६६, विकास बैंक ०.१२, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, माइक्रोफाइनान्स ०.७१, अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशत बढे ।

यस दिन फाइनान्स ०.१६, लगानी ०.१७, जीवन बीमा ०.३२ तथा निर्जीवन बीमा ०.३३ प्रतिशत घटेको छ । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो बजारमा सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकले सर्किट लगाएका हुन् । त्यस्तै रिभर फल्स पावरको ९.६१, माहुली घुवित्तको ९.१८, फस्र्ट माइक्रोफाइनान्सको ८.९५ प्रतिशत मूल्य बढ्यो ।

यस दिन बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घटेको छ । यस्तै, उन्नति सहकार्य लघुवित्तको ३.८१, शुभम् पावरको ३.६५ तथा बन्दीपुर केबुलकारको ३.६५ प्रतिशत मूल्य घट्यो ।

धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केबुलकार र हिमालयन रिइन्स्योरेन्स छन् ।

एनआरएनको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको साढे २६ करोड, हिमालयन डिष्टिलरीको २३ करोड रुपैयाँ रुपैयाँभदा बढिको कारोबार भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्