विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच खेल हुँदैछ ।
प्रतियोगितामा तीन खेल खेलेको विराटनगर अपराजित छ भने दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ। शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनालाई कायम राख्न चितवनका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ।
टोलीमा कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद, सोहेल तनवीर र सैफ जैब समावेश छन्।
विराटनगर किंग्समा कप्तान सन्दीप लामिछाने छन् । यस टोलीमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल ९विकेटकिपर०, शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!