विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो संस्करणको आज भएको खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ५ बल बाँकी छँदै १३५ रनमा अलआउट भएको हो ।
चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।
लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९।१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।
बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।