लोड हुँदैछ...

मेनु

एसीसी यू–१९ प्रिमियर कप : साउदी अरेबियामाथि नेपालको ८ विकेटको सानदार जित

एसीसी यू–१९ प्रिमियर कप : साउदी अरेबियामाथि नेपालको ८ विकेटको सानदार जित

विराटनगर । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले सानदार विजयी शुरवात गरेको छ । मंगलबार सम्पन्न आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सुखद थालनी गरेको हो ।

साउदी अरेबियाले दिएको २ सय १९ रनको लक्ष्य नेपालले निकै आक्रामक ब्याटिङ गर्दै ३०।४ ओभरमै केवल २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर ब्याट्सम्यान निरज कुमार यादव नायक बने । निरजले ९० बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा १ सय १४ रन बनाए ।

त्यस्तै, तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका निश्चल क्षेत्रीले पनि अर्धशतकीय योगदान गरे । उनले ७३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए । अर्का ओपनर वंश क्षेत्रीले २० बलमा ३० रन ९१ छक्का, ४ चौका० जोड्दा सिबरिन श्रेष्ठ १ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्वपूर्ण २ अंक जोडेको छ । १४ टोली सहभागी प्रतियोगितालाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ पनि रहेको छ ।नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ । यो प्रतियोगिताका शीर्ष तीन टोली आगामी एसीसी यू–१९ एसिया कपका लागि छनोट हुनेछन्

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।