लोड हुँदैछ...

मेनु

भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद

भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थितबाट २० किलो गाँजा सहित डब्लु ०२ एएल ०१७५ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार चेकजाँचको क्रममा हरिनगर गाउँपालिका–६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । ओसारपसारमा संलग्न ब्याक्तिको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।