लोड हुँदैछ...

मेनु

एएफसी यू–१७ एसियन कप छनोटमा म्यानमारसँग भिड्दै नेपाल

एएफसी यू–१७ एसियन कप छनोटमा म्यानमारसँग भिड्दै नेपाल

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो जितको खोजीमा रहेको नेपाल यसअघि सम्पन्न पहिलो खेलमा सिरियासँग ४–२ को हार व्यहोरेको थियो ।

म्यानमार भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । म्यानमारले यसअघि सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतियोगिताको समूह ‘जी’अन्तर्गत हुन लागेको यो खेल म्यानमारको थुवून्ना रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

तालिकामा नेपाल हालसम्म अंक जोड्न सकेको छैन । यानमार तीन अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।