विर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
विर्तामोड नगरपालिका–३ का बादल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले गत भदौ २४ गते कार्यालयको कम्पाउण्डभित्र रहेका सवारीसाधनमा आगजनी र तोडफोड गरेको प्रहरीको भनाइ छ। राजवंशीलाई विर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले यसअघि पनि आन्दोलनमा संलग्न व्यक्तिहरूलाई क्रमिक रूपमा नियन्त्रणमा लिँदै आएको छ । अन्य संलग्न व्यक्तिहरुलाई पनि पहिचान गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!