सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा विवाहपञ्चमीका अवसरमा सीताराम रथयात्राको तयारी गरिएको छ ।
इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी संस्थाले भगवान् राम र सीताको विवाह भएको पवित्र दिन विवाहपञ्चमीका अवसरमा विवाह समारोहसहित रथयात्राको तयारी गरेको हो ।
सो अवसरमा सोमबार कुमरन (मटकोर) र मङ्गलबार बृहत् रथयात्रा कार्यव्रmमको आयोजना गर्ने तयारी गरिएको गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिए । उनका अनुसार सोमबार साँझ मटकोरसहित कुमरन कार्यव्रmमको आयोजना गरिने र मङ्गलबार बिहान ११ बजेबाट रथयात्रा प्रारम्भ गरिने छ । इनरुवामा एक दशकभन्दा अघिदेखि रामजानकी गुठी संस्थाले विवाह महोत्सवको आयोजना गर्दै आएको छ ।
मङ्गलबार निकालिने रथयात्रा मन्दिरपरिसरबाट सुरुवात भई इनरुवाको सखुवागाछी, मुख्य बजार हुँदै इनरुवा–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा पुग्ने छ । त्यहाँको कार्यव्रmममा सहभागी भएपछि रथयात्रा पुनः रामजानकी मन्दिरपरिसरमा ल्याइने छ । त्यहाँ प्रसाद वितरणको कार्यव्रmमपछि रथयात्रा समापन हुने मेहताले जानकारी दिए ।
रथयात्रालाई भव्य र व्यवस्थित बनाउन स्वागत समिति, सुरक्षा स्वयंसेवक समिति, व्यवस्थापन समितिलगायतका समिति तथा उपसमितिहरू गठन गरेर आवश्यक व्यवस्थापन गरिएको अध्यक्ष मेहताले जानकारी दिए । उनले सो दिन इनरुवा नगरपालिकाले स्थानीय बिदा दिने गरी छलफल भएको पनि बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!