विराटनगरको टिआर ट्रेडर्समाथि अनुसन्धान, राजस्व छलीको आशंका

विराटनगरको टिआर ट्रेडर्समाथि अनुसन्धान, राजस्व छलीको आशंका

विराटनगर । राजस्व अनुसन्धान कार्यालय, इटहरीले विराटनगर–६ मा अवस्थित टिआर ट्रेडर्समाथि राजस्व छलीको आशंकामा अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले प्रविण चोपाडाद्वारा सञ्चालित उक्त ट्रेडर्समा बुधबार साँझ छापा मारेको थियो ।

विशेष सूचनाको आधारमा राजस्वको टोलीले उक्त फर्मका सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । सूचना अधिकारी विदुर गौतमका अनुसार, “हामीले टिआर ट्रेडर्सको सामान खरिद र बिक्रीसँग सम्बन्धित सम्पूर्ण कागजातहरू लिएर अनुसन्धान सुरु गरेका छौं । थप विवरण अनुसन्धानपछि नै खुल्नेछ ।’’

यसअघि वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी निरीक्षकको टोली चोपडाको घरमा रहेको गोदाममा पुगेको थियो । प्रहरीले गोदाम बुधबार राती शिलबन्दी गरेको थियो । त्यसपछि राजस्वको टोली आएर अनुसन्धान सुरु गरेको हो ।

विराटनगर भन्सार क्षेत्रमा राजस्व छलीका घटनाहरू सार्वजनिक हुने गरेका छन् । न्यून बिजकीकरण, घोषणा नगरिएका सामानहरूको पैठारी, र भन्सार कर्मचारी तथा एजेन्टहरूको मिलोमतोमा यस्ता गतिविधिहरू हुने गरेको पाइन्छ । यसले देशको अर्थतन्त्रमा ठूलो नोक्सानी पु¥याइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्