विराटनगर । नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सको शानदार ब्याटिङ गरेको छ ।
दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा पोखरा एभेन्जरविरुद्ध २२० रन बनाउँदै उच्चस्तरको चुनौती पेस गरेको हो ।
यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो। अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सविरूद्ध १९२ रनको लक्ष्य पूरा गर्दै जित निकाल्ने क्रममा १९३ रन जोडेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले बिस्फोटक ब्याटिङ गरे।
दुईबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो।

