लागू औषधसहित दुई जना पक्राउ

लागू औषधसहित दुई जना पक्राउ

विराटनगर । झापा र मोरङबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोड र विराटनगरबाट लागुऔषधसहित उनीहरु पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विर्तामोड नगरपालिका २ मा लागूऔषध बिक्रि वितरण भईहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय यसराज राजवंशीलाई पक्राउ गरेको छ । उनको साथबाट २ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय विराटनगरले झापाको गौरादह नगरपालिका ११ का कमल विश्वकर्मालाई नाईट्रोसन र प्रोक्सोभिन गरी जम्मा ११६ चक्की लागू औषधसहित नियन्त्रणमा लिएको छ । यस्तै प्रहरी चौकी गडेरिया मोरङले धनपालथान गाउँपालिका १ बाट बेवारिसे अबस्थामा रहेको ५ किलोग्राम १६२ ग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।