-गोपाल किराती
१. पहिचानको राजनीति एक साझा मुद्दा हो- जसले उठायो, उसको हुन्छ यो। उदाहरणका लागि जनयुद्वदेखि गणतन्त्रको संविधानसम्म माओवादीले जोड्दार उठायो, माओवादीको मुद्दा बन्यो। २०७४ मा ठुलै गडबडि पैदा भयो। त्यसको परिणाम क. प्रचण्डसंग हामी छुट्टियौं। उहाँहरुले केही न केही सबक सिक्नु भएको छ। त्यसैले उहाँहरु प्रतिरक्षात्मक देखिनु हुन्छ।
अर्को, देशी विदेशी प्रतिक्रियावादीहरु विगत महान जनयुद्वलाई अपराधीकरण गर्न खोज्दैछन। राष्ट्रपति पद तिनलाई प्रीय लाग्छ, तर गणतन्त्र स्थापित गर्न लडिएको जनयुद्व चाहिँ अप्रीय! ध्यान रहोस, हामीहरु अत्यन्त गम्भीर चुनौति बोकेर हिँडिरहेका कार्यकर्ता हौं। एकातिर जनताको पहिचानसहित समाजवादको मुद्दा उठान गर्नुछ, अर्कातिर गणतन्त्र रक्षार्थ शक्ति आर्जन गर्नुछ।
तर, २०७४-२०८२ वीचको आठ बर्षमा अनेक गर्दा पनि पहिचान पक्षमा भ्यागुताको धार्नी पुर्याउन सकिएन। त्यसैले अर्को तरिकाबाट पहिचानसहित समाजवादी आन्दोलन उठाउन लागिएको निर्णय अनुरोध छ। र, यो पनि प्रष्ट होस कि नेपाली राजनीतिमा हामीहरु जहिल्यै आकाशमा उड्ने चील बन्दै आयौं, तर सधैँ धुलोमा भुतभुते खेलिरहने कुखुरा होइन।
यसरी हामी, विशेषतः पहिचानसहितको समाजवादकै निम्ति तत्कालीन नेकपा माओवादी केन्द्रमा जुटेका हौं, जो तुरुन्त नेपाली कम्युनिस्ट पार्टी बन्न पुगेको छ।
सबै कुरा मिलेर ढुक्कले हामी प्रचण्डसंग जुटेका होइनौं। तीन बुँदे सहतिपत्रमा भनिएकै छ, वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण र पहिचानसहित समाजवादी लोकतन्त्रवारे छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने, भनेर।
यथार्थमा उपरोक्त सहमतिको बुँदा २ मा हाम्रा विकसित विचारहरु केन्द्रित छन। जसवारे कठोर वैचारिक लडाइँ लड्नु छ। त्यसका निमित्त पार्टी केन्द्रीय कार्यालयमा अध्ययनका लागि बुझाउन दस्तावेज फाईल तयार गरिँदैछ। जसको शीर्षक हो- “नेपाली क्रान्तिको समाजवादी कार्यक्रम”।
त्यहाँ बुझाएपछि यसलाई पुस्तिका आकारमा प्रकाशित गरिने छ। (विभिन्न साथीसंग प्रकाशन खर्च अनुरोध गरिएको छ, तर हात चाहिं लागिसकेको छैन।) प्रकाशनपछि अनौपचारिक छलफल, अध्ययन र बहश हुने नै छ। औपचातिक बहशका लागि पार्टी महाधिवेशनको प्रतीक्षा गर्नैपर्छ।
अब तुलनात्मक विशाल संगठनमा पहिचानसहित समाजवादवारे भीषण बहश गरिने निश्चित भयो। साथसाथै, जनयुद्वको अपराधीकरण विरुद्व लड्ने तागत पनि बन्यो। जसका निमित्त हामीहरु जुटेका हौं।
विशेषतः पहिचान पक्षधर साथीहरुलाई हामी समवेदनशील अपील गर्दछौं कि चिन्ता भन्दा चिन्तन गरौं कि कसरी देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे प्रभावकारी बहश र कार्यान्वयन वस्तुस्थिति निर्माण गर्ने भनेर! जसबाट उत्पीडित समुदायको राजकीय पहिचान र अधिकार सुव्यवस्थित गर्न सकियोस्।
इतिहासका निर्माता जनसमुदाय हुन। पार्टी संगठनका जनता पार्टी सदस्य र कार्यकर्ता हुन। फेरि जनसमुदाय भनेका पानी र कार्यकर्ता भनेका माछा हुन। सामान्यतः जनसमुदाय र विशेषतः पार्टी कार्यकर्ताले वैचारिक बहशको क्रान्तिकारी महत्व बुझिदिन आग्रह गर्दछौं।
२. माओवादी भावना रक्षावारे हामीले लेखिसकेका छौं, विगत आठ बर्ष अडान लिएर बस्दा रमिता हेरेर बस्ने साथीहरुको भरोसा भएन। अब वैचारिक बहशमा डटेर लागौं। यसैले ब्याजसहित क्ष्येतिपूर्ति गर्नेछ, भन्ने हामीहरुको विस्वास छ।
अन्त्यमा, अंग्रेजी कहावत कि Every thing is depend on own work and thought. (सामाजिक सञ्जाल फेसबुकबाट ।)
