विराटनगर । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।
नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएइको थियो । नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले १७ बलमा ५५ रन बनाएर रिटायर भएका थिए । सन्दीप जोराले अविजित ४७ तथा लोकेश बमले अविजित ३१ रन बनाए ।
यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो । बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । नेपालले अब यूएईसँग आइतबार खेल्नेछ । बाउल लिगबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।