विराटनगर । सुनको मूल्य बुधबार पनि घटेको छ । गत साता तोलामा १७ हजार २ सय रुपैयाँ घटेको सुनको मूल्यमा आज ११ सय रुपैयाँ घटेको छ ।

बुधबार काठमाडौंको बजारमा सुनको मूल्य २ लाख ३७ हजार २ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य मंगलबार तोलामा १ हजार ४०० सय रुपैयाँ घटेर २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको थियो । आइतबार र सोमबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा स्थिर थियो ।

सुनको मूल्य गएको शुक्रबार र गएको आइतबार २ दिनमा ३ हजार ४०० रुपैयाँ बढेको थियो। त्यसअघिका चार दिनमा १७ हजार २ सय रुपैयाँ घटेको सुनको फेरि घटेको हो ।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म सुनको मूल्य तोलामा ३४ हजार ८ सय रुपैयाँ बढेको थियो । यस्तै, गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँ घटेको थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य तोलाको २ हजार ९९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।