अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै नेपाल

विराटनगर । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शनिबार नेपालले ८३औं खेलमा अमेरिकासँग खेल्दैछ। खेलमा अमेरिकाले टस जितेर पहिले बलि गर्ने निर्णय गरेको छ।

यो सिरिजमा अमेरिकासँग दोस्रो खेल्न लागेको हो । कात्तिक ११ मा भएको पहिलो खेलमा अमेरिकासँग नेपालले फराकिलो रन अन्तरले खेल हारेको थियो ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ किनकि नेपाली टोली पछिल्ला खेलहरूमा पराजयपछि दबाबमा छ।

नेपालले आफ्नो अघिल्लो खेलमा रोहित पौडेलको शानदार शतकको बाबजुद घरेलु टोली यूएईसँग ५ विकेटको हार बेहोरेको थियो ।

कार्तिक १५, २०८२, बिहानको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर