लोड हुँदैछ...

मेनु

लिग–२ एकदिवसीय सिरिजमा आज अमेरिकासँग खेल्दै नेपाल

लिग–२ एकदिवसीय सिरिजमा आज अमेरिकासँग खेल्दै नेपाल

विराटनगर । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो पटक खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा हुनेछ ।

लिग–२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल १०६ रनले पराजित भएको थियो।

दुई साताअघि टी–२० मा सानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको नेपालको एकदिवसीयमा भने कमजोर देखिएको छ। जारी सिरिजको दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित भएको थियो।

नेपालले आज खेल्न लागेको तेस्रो खेल हो। ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।

एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी–२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी–२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्।

नेपाली टोलीस् रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, मो आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो। आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।