नेप्सेमा ३४ अंकको बृद्धि भएर २६ सय विन्दुमा पुग्यो

विराटनगर । बुधबार सामान्य अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार बृद्धि भएर २६ सयको विन्दुमा पुगेको छ ।

यस दिन नेप्से ३४.२२ अंकले बढेर बन्द भएको हो । बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ७ अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ ।

यसदिन ३ सय १९ स्टकको कारोबारमा २ सय ४८ वटाको मूल्य बढेको छ । ५९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ। कारोबारमा आएकामध्ये सामूहिक लगानी कोषबोहक सबै समूह बढेका छन् ।

जलविद्युत समूहमा सबैभन्दा धेरै सुधार देखिएको छ । यो समूह २।६७ प्रतिशतले बढेर ३३७० विन्दुमा पुगेको छ । यसदिन गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।

यस दिन हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको १ अर्ब ६६ करोड रूपैयाँको संस्थापक सेयर किनबेच भएको हो । पाकिस्तानी हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर कारोबार गरेर अभिलेखिकरण गरिएको हो । यो सेयर नेशनल लाइफ इन्सुरेन्सले खरिद गरेको छ।

बजारमा हिमालन बैंकको संस्थापक सेयर १ सय ३१ रूपैयाँको दरमा कारोबार भएको हो ।

कार्तिक १३, २०८२, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर