विश्वकप लिग २ : रोहितको सतकमा यूएईलाई नेपालले दियो २३४ रनको लक्ष्य

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा बिहीबार टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

एकदिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए । खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले पनि ३ रन मात्र जोड्न सके ।

आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो। यस्तै आरिफ शेखले पनि २७ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन जोडे । रोहितले आसिफ (३५ रन), आरिफ (७० रन) र दीपेन्द्रसँग (५४ रन) गरेको साझेदारी महत्वपूर्ण सावित भयो । हिट विकेट भएका सोमपालले ६ रन बनाए । अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन दिए। गुल्सन झा र ललित राजवंशीले रन बनाउन सकेनन् भने सोमपाल कामी ६ रनमा आउट हुँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।

सिरिजको पहिलो दुवै खेलमा अमेरिकाले जित निकालेको छ । नेपाल र घरेलु टोली युएईले भने पहिलो खेलमा पराजय भोगेको छ ।

नेपाल र युएईविरूद्ध निकालेको जितले अमेरिका ८ अस्थायी एकदिवसीय मान्यता टोलीबीच जारी लिग २ को शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा नेपाललाई पराजित गरेपछि शीर्ष स्थानमा स्कटल्यान्डलाई पछि पारेको अमेरिकाले मंगलबार युएईलाई पराजित गरेसँगै दुई अंकको अग्रता लियो । जारी सिरिजको बाँकी दुई खेलमा जित निकालेको अवस्थामा यो वर्ष अमेरिकाले लिग २ मा ६ अंकको अग्रता कायम गर्ने सम्भावना छ ।

अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ । नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ ।

चौथो स्थानको ओमानले २० खेलबाट २४ अंक जोड्दा पाँचौ स्थानको क्यानडाले २१ अंक बटुलेको छ । छैटौं स्थानको नामिबियाको २४ खेलबाट १९ अंक छ । नेपाल १७ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा छ भने नेपालको जति खेल खेलको पुछारको युएईको ६ अंक मात्र छ।

नेपालले लिग २ मा पाँच खेलमा मात्र जित निकालेको छ। २ खेलमा नतिजा आएको छैन भने १० खेलमा पराजय भोगिसकेको छ ।

यो वर्ष नेपाल,ओमान र युएई बाहेक सबै टोलीले १२–१२ खेल खेलिसकेका छन् । नेपाल र ओमान र युएईले यो वर्ष अन्तिम तेस्रो सिरिज खेल्ने छैनन् । त्यसैले तीनै टोलीले वर्षको अन्त्यसम्ममा ८–८ खेल मात्र खेल्नेछन् ।

सबैले टोलीले सन् २०२४ मा १२–१२ खेल खेलेका थिए । त्यसैले तीन टोलीबाहेकले आठ टोलीले दुई वर्षको अन्त्यमा २४ खेल सक्नेछन् ।

नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग– २ का खेल सक्नेछ।

कार्तिक १३, २०८२, दिउँसोको ०३:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर