विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा आज भएको युएईसँगको खेलमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे ।
ओडिआईमा रोहितको यो दोस्रो शतक हो । टस जितेर पहिले ब्याटिङ गरेको रोहितले १२६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएर खेलिरहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहिको यो दोस्रो एकदिवसीय शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए। सो खेलमा उनले १२६ रन बनाएका थिए।
एकदिवसीय खेलमा ७४ खेल खेल्दा २ शतक र ११ अर्धशतकको मद्दतमा १९ सय रन पूरा गरिसकेका छन् । उनी सन् २०७९ को कात्तिकबाट नेपाली क्रिकेट टिमको कप्तान छन् ।
कप्तान नियुक्त भएपछि उनले नेपाललाई अभूतपूर्व सफलता दिलाएका छन् । सन् २०२४ मा नेपालले उनको कप्तानी टी–२० विश्वकप खेलेको थियो । आगामी वर्ष पनि उनकै नेतृत्वमा नेपालले टी–२० विश्वकप खेल्दैछ ।
पौडेलले १६ वर्षको उमेरमा आफ्नो पहिलो एकदिवसीय खेल खेलेका थिए । तेस्रो खेलमा नै उनले एकदिवसीयमा अर्धशतक बनाएर सबैभन्दा कम उमेरमा यो कीर्तिमान बनाउने खेलाडी बनेका थिए । २० वर्ष ७३ दिनको उमेरमा उनलाई एकदिवसीय टोलीको कप्तान बनाइएको थियो । उनी एकदिवसीय क्रिकेटको इतिहासमा दोस्रो सबैभन्दा कम उमेरका कप्तान पनि हुन् ।
पौडेल एकदिवसीयमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याट्सम्यान हुन् । यस्तै उनी नेपालका लागि सबै ढाँचामा सर्वाधिक रन बनाउने खेलाडीमध्ये एक हुन् । उनले २०७५ को साउनमा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए । डेब्यू गर्दा रोहित १५ वर्ष ११ महिनाका थिए । कम उमेरमा ओडिआई डेब्यू गर्ने उनी विश्वकै चौथो कान्छा खेलाडी हुन् ।


