लिग–२ एकदिवसीय सिरिजः आज नेपाल र युएई भिड्दै

विराटनगर । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरु हुने छट ।

लिग–२ को जारी सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो । युएईसँग पछिल्लो पाँच एक दिवसीय खेलमा नेपाल विजयी भएको छ। त्यसैले आजको खेलमा नेपालले पूर्ण आत्मविश्वासको साथ खेल्दै जित निकाल्ने अपेक्षा गरिएको छ ।

यसपछि कात्तिक १५ मा अमेरिका र कात्तिक १९ गते युएईसँग खेलेपछि यो सिरिजको सबै चार खेल सकिने छ ।

एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी–२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी–२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्। टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी छन् ।

सिरिजको पहिलो दुवै खेलमा अमेरिकाले जित निकालेको छ। नेपाल र घरेलु टोली युएईले भने पहिलो खेलमा पराजय भोगेका छन्।

नेपाल र युएईविरूद्ध निकालेको जितले अमेरिका आठ अस्थायी एकदिवसीय मान्यता टोलीबीच जारी लिग–२ को शीर्ष स्थानमा पुगेको छ।

पहिलो खेलमा नेपाललाई पराजित गरेपछि शीर्ष स्थानमा स्कटल्यान्डलाई पछि पारेको अमेरिकाले मंगलबार युएईलाई पराजित गरेसँगै दुई अंकको अग्रता लियो। जारी सिरिजको बाँकी दुई खेलमा जित निकालेको अवस्थामा यो वर्ष अमेरिकाले लिग(२ मा ६ अंकको अग्रता कायम गर्ने सम्भावना छ।

अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ। नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ। नेपालले १७ खेल खेल खेलेर १२ अंक जोड्दा आठ टोलीमध्ये सातौं स्थानमा छ ।

कार्तिक १३, २०८२, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर