विराटनगर । डा. बालकृष्ण साह सहित पाँच जना स्रष्टा सम्मानित भएका छन् ।

विराट मैथिल नाट्यकला परिषद्को आयोजनामा आइतबार विराटनगर–१ स्थित स्वर संगम सङ्गीतालयमा बहुभाषिक कविगोष्ठी, परिचर्चा तथा सम्मान कार्यक्रममा डाक्टर साहसहित पाँच जनालाई सम्मान गरेको हाे ।

यसरी सम्मानित हुनेमा अग्रज स्रष्टा सम्मान मधु पोखरेल ,शिवनारायण पण्डित ‘सिङ्गल’ ,महिला स्रष्टा सम्मानमञ्जु घिमिरे दाहाल र सामाजिक स्रष्टा सम्मान विजयकुमार रायलाई प्रदान गरिएको छ ।

परिषद्का अध्यक्ष डोमी कामतको अध्यक्षता र प्रा. कृष्णा पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ६० जना साहित्यप्रेमी र स्रष्टाको उपस्थिति थियो। पोखराबाट आएका स्रष्टाहरूले समेत आफ्ना रचनाहरू वाचन गर्दै बहुभाषिक साहित्यिक वातावरणलाई समृद्ध बनाएका थिए।कार्यक्रमका प्रमुख अतिथि प्रा. पोखरेलले नेपाली, मैथिली, भोजपुरीलगायत भाषाबीचको सहकार्यले सांस्कृतिक एकता र सिर्जनाको शक्ति बढाउने विश्वास व्यक्त गरे।