विराटनगर । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।
अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । साइतेजा मुक्कमल्लाले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट हुन पुगे । आन्द्रेस घोषले ११, कप्तान मोनान्क पटेलले १० रन थपे।
बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा छ । जयसमा आठ टिम सहभागी छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।