विराटनगर । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा आज साँझ धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनास्थलमा नै कर्णबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले साँझ करिब ७ बजे घटनाको जानकारी दिएको थियो। हत्या किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।