लोड हुँदैछ...

मेनु

शेयर बजारमा बुधवार पनि गिरावट

शेयर बजारमा बुधवार पनि गिरावट

विराटनगर । शेयर बजारमा बुधवार पनि गिरावट आएको छ । नेप्से परिसूचक २२.५८ अंकले घटेर २००५।५८ बिन्दुमा कायम भएको हो ।

म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा बजार दोहोरो अंकले घटेको हो । बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिन थालेको छ । बुधबार जम्मा ३ अर्ब १० करोडको मात्र शेयर किनबेच भएको छ ।

समता घरेलु लघुवित्तका लगानीकर्ताले ६.९३ प्रतिशतले बढयो भने समाज लघुवित्त र विन्दबासिनी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।