विराटनगर । नेपाली बजारमा सुनको मूल्य २ लाख ४० हजार भन्दा माथि पुगेको छ । सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ४० हजार ४०० र चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ३८ हजार र चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।