विराटनगर । नेपालले टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १४१ रनको लक्ष्य दिएको छ ।
ओमानमा आज भएको खेलको निर्धारित २० ओभरमा नेपालले ६ विकेट गुमाउँदै नेपालले उक्त लक्ष्य दिएको हो ।
नेपालको लागि ओपनर आशिफ शेखले ५१ रनको अधशतकीय पारी खेले । मिडिल अर्डर नचल्दा नेपालले ठूलो स्कोर बनाउन सकेन ।
कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्सन झाले १४ र कुशल मल्लले १० रन बनाए ।