लोड हुँदैछ...

मेनु

झापामा जुवा खालमा छापा, ११ जना पक्राउ

झापामा जुवा खालमा छापा, ११ जना पक्राउ

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–८ किसनभिट्टाबाट जुवातास खेलिरहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ लाख १५ हजार ५५० रुपैयाँ नगद, ५२ पत्ती तासको एक बुक र ९ थान मोबाइल फोन बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिहीबार राति करिब १० बजे ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको थियो । छापा मार्ने क्रममा घरधनी उप्रेतीसहित ११ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।