काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघिबाट बैठक जारी छ ।
आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।
बैठकमा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसमा नेतृत्व परिवर्तन, केन्द्रीय समितिका एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतबारे बहस भइरहेको छ । सभापति शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित छन् ।