धरान । सप्तकोसी नदीमा बगेर बेपत्ता भएकी सुनसरीको धरान–१६ कि १९ वर्षीय अनिता राईको शव भेटिएको छ ।
शुक्रबार बराहक्षेत्र मन्दिरको दर्शन गरि फर्कने क्रममा चतराको दुधपानी खोला तर्ने क्रममा अनिता बगेर सप्तकोसीमा बेपत्ता भएकी थिइन् ।
उनको शव सुनसरीको बराहक्षेत्र– ९ स्थित राजाबासको कोसी किनारामा भेटिएको हो । दाउरा खोज्न गएका स्थानीयले बिहान ८ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । राजाबासस्थित कोशीको भङ्गालोमा भेटिएको शवको सनाखत गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए ।
अनिता बुवा जीवन राईसँग मोटरसाइकलमा बराहक्षेत्र मन्दिर दर्शन गर्न गएकी थिइन् । मन्दिर दर्शन गरेर फर्कने क्रममा दुधपानी खोला तर्ने क्रममा बगाएर दुवै जनालाई ५० मिटर तल रहेको सप्तकोसीमा लगेको थियो । बुवा जिवनलाई तत्काल स्थानीयले उद्दार गरेको भएपनि अनिता बेपत्ता थिइन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।