दोस्रोपटक परिसंघको केन्द्रीय उपाध्यक्ष बने घिमिरे

विराटनगर । उद्योगी भीम घिमिरे दोस्रो पटक नेपाल उद्योग परिसंघको केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

परिसंघले घिमिरेलाई दोस्रो कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी पुनः सुम्पिएको हो ।

उद्योग संगठन मोरङको अध्यक्ष र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको संस्थापक अध्यक्षको जिम्मेवारी लिइसकेका घिमिरे उद्योग व्यापारको समस्या उठान र समाधानमा विगतबाटै सक्रिय रहिआएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संस्थापक अध्यक्ष र त्यसपछि केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारीमा रहँदा उद्योगी घिमिरेले नेपाल उद्योग परिसंघलाई उचाइमा पु¥याउन खेलेको योगदानको कदर गर्दै परिसंघले दोस्रो पटक सर्वसम्मत रूपमा केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी दिएको बताइएको छ ।

मङ्गलबार, ३१ असार, २०८२, बिहानको ०८:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर