दोस्रो दिनमै हरायो मौद्रिक नीतिको उत्साह

विराटनगर । मौद्रिक नीति आएको दोस्रो दिन नै सेयर बजारमा देखिएको उत्साह हराएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि आइतबार सेयर बजार परिसूचक २९ अंकले बढेको थियो ।

सोमबार भने सेयर बजार परिसूचक नेप्से ३५ अंकले घटेर २७२५ विन्दुमा आएको छ । वार्षिक कारोबार मिलाउन मूल्य घटेर पनि सेयर किनबेचले बजार घटेको दावी जानकारहरुको छ ।

आइतबारको तुलनामा सोमबार सेयर कारोबारमा पनि कमी आएको छ । आइतबार ११ अर्ब ४१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार ८ अर्ब १७ करोड रूपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये जलविद्युत् समूहगत परिसूचक बाहेक सबै घटेका छन् । बैंकिङ समूहगत परिसूचक सबैभन्दा धेरैले घटेको हो । यो परिसूचक २ प्रतिशतले घटेको छ । आइतबार यो समूहगत परिसूचकमा उच्च वृद्धि भएको थियो ।

यस दिन माइखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशतले बढेको छ । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.४६ प्रतिशतले घटेको छ ।

यस दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ४० करोड रूपैयाँको सेयर कारोबार भयो । कारोबारमा आएका ३२१ कम्पनीका सेयरमध्ये ३३४ वटाको मूल्य घटेको छ भने ७३ वटाको मूल्य बढेको छ ।

सोमबार, ३० असार, २०८२, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर