कटारीमा जेसिबी दुर्घटना हुँदा एकको मृत्यु

उदयपुर । सिद्धिचरण लोकमार्गको उदयपुर कटारी नगरपालिका–८ सिरिसे खण्डमा जेसिबी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–१० घर भएका चालक २२ वर्षीय नविन श्रेष्ठको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाँइले जानकारी दिए ।

उनका अनुसार सिद्धचरण लोकमार्गको सिरिसे खण्डकोे दमारमा को १ क २७९५ नम्बरको जेसिबी अनियन्त्रित भएर सडकबाट ६० मिटर तल खसेर दुर्घटानग्रस्त भएको थियो । उनले भने, ‘दुर्घटनाग्रस्त जेसिबीमा मृत्यु हुने सोही जेसिबीका चालक रहेका छन् ।’

प्रहरीका अनुसार मृतक चालकको शव कटारी प्रादेशिक अस्पतालमा पोस्टमाटम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

आइतबार, २२ असार, २०८२, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर