भोजपुरमा एकै परिवारका चार जनाको हत्या

विराटनगर । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेश प्रसाद यादवले बताए ।
राजेन्द्र पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । राईलाई अहिले भोजपुर अस्पताल ल्याइएको र रेफरको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहरीलाई बताए अनुसार मनीषा चार ÷पाँच दिन माइती पुगेकी थिइन् । मनीषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनीषाको विषयमा विवाद भएको थियो ।
घटना सवा १ बजेतिर भएको भनिए पनि प्रहरी राति अबेर मात्र खबर आएको थियो ।

आइतबार, २२ असार, २०८२, बिहानको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर