ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा – ३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनिसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको हुन् । स्थानीय मौसम सेलिङका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो ।