शेयर बजारमा ३९ अंकको बृद्धि

विराटनगर । मंगलबार उच्च अंकले घटेको नेप्से परिसूचक बुधबार उच्च अंकले नै बढेको छ । यस दिन नेप्से ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ५ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा बुधबार ४ अर्ब २० करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा ९८ करोड रूपैयाँ कमी आएको हो ।
यस दिन ३१७ वटा धितोपत्रको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ । यसदिन राप्ति हाइड्रोको सेयर मूल्य सर्वाधिक ५.७४ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५२९ रूपैयाँ कायम भएको छ ।

यस्तै, बुद्धभूमि हाइड्रोपावरको मूल्य ५.५५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५०८ रूपैयाँ ९० पैसा पुगेको छ । उपकार लघुवित्तको मूल्य सर्वाधिक ७.२७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार ४२५ रूपैयाँमा झरेको छ भने यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५.११ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६७० रूपैयाँ कायम भएको छ ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ९७९ रूपैयाँमा ४१ करोड ८६ लाख रूपैयाँको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.२१ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार २८४ रूपैयाँमा ३१ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशतले बढेको छ ।

बुधबार, १२ चैत, २०८१, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर