दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त

दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त

विराटनगर । सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको छ ।

यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख थिए । प्रतिस्पर्धामा भने एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङथिए । थापाले २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने छन् ।

२०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०७९ फागुन २६ मा एआईजीमा सिफारिस भएका थापालाई चैत ६ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्