नेप्सेसँगै कारोबार रकम पनि घट्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक १०.१४ अंक घटेर २७०४.७० विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ५७ हजार ५८५ पटकको कारोबारमा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको ९९ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

सोमबार, ०३ चैत, २०८१, साँझको ०६:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर